इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी । इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले जनाएको छ ।
इजरायली सेनाले हिज्बोल्लाहका लक्ष्यहरूमा प्रहार गरेको पुष्टि गरेको छ । इजरायली सेनाले एक विज्ञप्तिमा ‘हिज्बोल्लाहको रेडवान बल’ विरुद्ध ‘हवाई हमला’ गरिएको उल्लेख गरेको छ ।
ती हमलाले ‘आतंकवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रहरूलाई निशाना बनाएको इजरायलको दाबी छ ।
लेबनानी सञ्चार माध्यमका अनुसार, उत्तरी बेका उपत्यकाको वादी फराह क्षेत्रमा गरिएको हवाई हमलाले सीरियाली विस्थापित बसोबास गरेको एक शिविरमा आक्रमण गरेको थियो, जसमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना सीरियाली रहेका छन् भने आठ जना घाइते भएका छन् ।
इजरायल र इरान समर्थित हिज्बोल्लाहबीच नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमणहरू जारी छन् । सो युद्धविराम अनुसार हिज्बोल्लाहले आफ्ना लडाकु लितानी नदीको उत्तरतर्फ तान्नुपर्ने थियो भने इजरायलले पनि आफ्नो सेना पाँचवटा रणनीतिक स्थानबाहेक अन्य स्थानबाट फिर्ता गर्नुपर्ने थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया