कोइराला निवास पुगेर बालकृष्ण खाँणले भने– ‘यो पवित्र भूमि हाे, कुनै गुटको थलो होइन’

विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण मोरङको विराटनगरस्थित कोइराला निवास पुगेका छन् ।
बुधबार बिहान पार्टी सहमहामन्त्री महेन्द्र यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग उनी कोइराला निवास पुगेका हुन् । यसै क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले कोइराला निवास ‘पवित्र भूमि’ भएको बताए।
खाणले भने, ‘यो कुनै गुटको थलो होइन। हाम्रा लागि यो स्थान धार्मिक स्थलसरह पवित्र छ। कोइराला परिवारले नेपाली राजनीति र लोकतन्त्रमा पुर्याएको योगदान अमूल्य छ।’
हालै पार्टीले गरेको अनुशासनसम्बन्धी कारबाहीको केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए । पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबैको उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे । उनले भने, ‘‘सभापति सफल हुँदा मात्र पार्टी हुने हो ।’’
कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया