कोइराला निवास पुगेर बालकृष्ण खाँणले भने– ‘यो पवित्र भूमि हाे, कुनै गुटको थलो होइन’

विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण मोरङको विराटनगरस्थित कोइराला निवास पुगेका छन् ।
बुधबार बिहान पार्टी सहमहामन्त्री महेन्द्र यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग उनी कोइराला निवास पुगेका हुन् । यसै क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले कोइराला निवास ‘पवित्र भूमि’ भएको बताए।
खाणले भने, ‘यो कुनै गुटको थलो होइन। हाम्रा लागि यो स्थान धार्मिक स्थलसरह पवित्र छ। कोइराला परिवारले नेपाली राजनीति र लोकतन्त्रमा पुर्याएको योगदान अमूल्य छ।’
हालै पार्टीले गरेको अनुशासनसम्बन्धी कारबाहीको केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए । पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबैको उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे । उनले भने, ‘‘सभापति सफल हुँदा मात्र पार्टी हुने हो ।’’
कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया