स्पेन गएर नफर्किएकाहरुमाथि अनुसन्धान सुरु भइसक्यो : सरकारका प्रवक्ता गुरुङ

काठमाडाैं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली सहभागी स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरूको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।
सिंहदरबारमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका केही व्यक्ति सरकारी सूचीबाहिरबाट गएको र उनीहरू नफर्किएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही व्यक्तिहरू उतै बस्न लागेको भन्ने आरोपलाई असत्य ठहराउँदै उनले भने, ‘प्रधानमन्त्रीसँग गएको र मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत हो ।’ यसबारे संसदमा उठेको प्रश्नको सन्दर्भमा उनले थपे, ‘स्पेन भ्रमणबारे संसदमा प्रश्न उठेको थियो । प्रश्न उठाउने माननीयले आफैँ त्यसो भनेको होइन भन्ने आत्मस्वीकृति गर्नुभएको छ ।’
मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री, राष्ट्रपति वा उपराष्ट्रपति विदेश जाँदा उनीहरूका लागि तोकिएको संख्याभन्दा बढी प्रतिनिधिमण्डल लैजान पाइँदैन । उनले भने, ‘२१ जनाभन्दा बढी प्रतिनिधि लैजान नपाइने व्यवस्था छ ।’
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया