स्पेन गएर नफर्किएकाहरुमाथि अनुसन्धान सुरु भइसक्यो : सरकारका प्रवक्ता गुरुङ

काठमाडाैं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली सहभागी स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरूको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।
सिंहदरबारमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका केही व्यक्ति सरकारी सूचीबाहिरबाट गएको र उनीहरू नफर्किएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही व्यक्तिहरू उतै बस्न लागेको भन्ने आरोपलाई असत्य ठहराउँदै उनले भने, ‘प्रधानमन्त्रीसँग गएको र मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत हो ।’ यसबारे संसदमा उठेको प्रश्नको सन्दर्भमा उनले थपे, ‘स्पेन भ्रमणबारे संसदमा प्रश्न उठेको थियो । प्रश्न उठाउने माननीयले आफैँ त्यसो भनेको होइन भन्ने आत्मस्वीकृति गर्नुभएको छ ।’
मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री, राष्ट्रपति वा उपराष्ट्रपति विदेश जाँदा उनीहरूका लागि तोकिएको संख्याभन्दा बढी प्रतिनिधिमण्डल लैजान पाइँदैन । उनले भने, ‘२१ जनाभन्दा बढी प्रतिनिधि लैजान नपाइने व्यवस्था छ ।’













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया