ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट

गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छ । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको आज शुभारम्भ गर्दै उनले ज्येष्ठ नागरिकहरूलाई सङ्गठित गरी उनीहरूका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्ने बताए ।
प्रदेश प्रमुख भट्टले ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवर्द्धन गर्दै उहाँहरूमाथि हुने दुव्र्यवहार, हिंसा र विभेद्को रोकथाम जरुरी रहेको उल्लेख गरे । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको उल्लेख गर्नुहुँदै उनले भने, “राज्य सँगसँगै ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा निजीस्तरले पनि सरोकार राख्नुपर्छ ।”
धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले समाजले गरेको शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, पूजाअर्चना आदि कार्यक्रमबाट धार्मिक पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया