नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा
मेरोन्यूज
२०८२ साउन १ गते ७:३०

काठमाडौं ।कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा नर्वेमाथिको २-१ को गोलसहित इटाली महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको दोस्रो हाफमा जिरेलीले ५० औँ मिनेटमा गोल गरेकी थिइन्। ६६ औँ मिनेटमा नर्वेकी कप्तान आडा हाबर्गले बराबरी गोल गरिन्। खेल बराबरीतर्फ उन्मुख भइरहेको समयमा साफिया स्यानटोरेको क्रसमा हेड गोल गर्दै जिरेलीलाई जित दिलाइन्। जितसहित इटाली सन् १९९७ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि इटालीले केही राम्रा मौका खेर फालेको थियो। एरियानो काउरुसो, जिरेली, एमा सेभेरेनी र लुसिया डी गुजेम्लो धेरै पटक गोलको नजिक पुगे पनि चुकेका थिए। दोस्रो हाफमा नर्वेकी कप्तान हाबर्गले पेनाल्टी खेर फालेकी थिइन्।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया