नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा
मेरोन्यूज
२०८२ साउन १ गते ७:३०

काठमाडौं ।कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा नर्वेमाथिको २-१ को गोलसहित इटाली महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको दोस्रो हाफमा जिरेलीले ५० औँ मिनेटमा गोल गरेकी थिइन्। ६६ औँ मिनेटमा नर्वेकी कप्तान आडा हाबर्गले बराबरी गोल गरिन्। खेल बराबरीतर्फ उन्मुख भइरहेको समयमा साफिया स्यानटोरेको क्रसमा हेड गोल गर्दै जिरेलीलाई जित दिलाइन्। जितसहित इटाली सन् १९९७ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि इटालीले केही राम्रा मौका खेर फालेको थियो। एरियानो काउरुसो, जिरेली, एमा सेभेरेनी र लुसिया डी गुजेम्लो धेरै पटक गोलको नजिक पुगे पनि चुकेका थिए। दोस्रो हाफमा नर्वेकी कप्तान हाबर्गले पेनाल्टी खेर फालेकी थिइन्।
सम्बन्धित














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया