ट्रम्पलाई नसा सम्बन्धी समस्या
मेरोन्यूज
२०८२ साउन २ गते ७:१७

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक समस्या देखिएको छ। खुट्टा सुनिन थालेपछि परीक्षण गराएकाे उनको रगतको नसामा समस्या देखिएको हाे ।
ट्रम्पका चिकित्सक सियन बारेबलाको रिपोर्टलाई हेर्दै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी हुन्। अहिले ट्रम्पलाई देखिएको समस्या ७० वर्ष पार गरेका मानिसमा सामान्य भएको बारेबलाको रिपोर्टमा उल्लेख गरिएको छ।
यसै साता ट्रम्पले पिँडुला सुनिएको अनुभव गरेपछि यो परीक्षण भएको हो। यसबाहेक ट्रम्पको अन्य ल्याब परीक्षणको रिपोर्ट सामान्य भएको जनाइएको छ। उनले इकोकार्डियोग्राम गराएका थिए। उनको मुटु पनि सामान्य नै रहेको जनाइएको छ।
सम्बन्धित
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया