बुधबार, वैशाख ९, २०८३

कर्णाली एसभिएसः कोचमा राई र मार्की खेलाडी रेग्मी अनुबन्धित

मेरोन्यूज २०८२ साउन २ गते १३:१५

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली एसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्धित गरेको छ।

Advertisement
NiccNicc

पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा इन्ट्री मारेकी थिइन्।

रेग्मीले पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ।

हेड कोच राई पनि पुराना अनुभवी मानिन्छन्। उनी पनि दोस्रो संस्करणमा पनि दोहोरिएका छन्। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

प्रतिक्रिया