नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौँ। आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ । यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
क्यानको अनुसार उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले सहयोग गरेको हो ।
शिविरमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह र विवेककुमार यादव छन् । त्यसैगरी रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन् । अन्य खेलाडीले नेपालमै नियमित प्रशिक्षण गर्ने जनाइएको छ ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया