एमाले पोलिटब्युरो बैठकः उमेर हद र दुई कार्यकाल हट्यो

काठमाडौँ । नेकपा एमालेले विधानमा प्रस्तावित उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव स्वीकृत गरेको छ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्युरो बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको बताए।
बैठकमा ६८ जना पोलिटब्युरो सदस्यहरुले धारणा राखेको र जिल्ला, प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी हुने व्यवस्था अघि सारेको बताए।
उनले भने, ‘बैठकमा केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको छ। पार्टीभित्रको संगठित सदस्यता र सदस्यता दुई व्यवस्था स्वीकार गरेको छ। उमेर हदको व्यवस्थालाई खारेज गर्नेकुरा स्वीकार गरेको छ। ६८ जना पोलिटब्युरो सदस्यहरुले राय राख्नुभयो। जिल्ला कमिटीलाई समन्वय कमिटीमा लैजाने कि कार्यकारी कमिटीमै राख्ने भन्नेबारेमा छलफल भयो। जिल्ला कमिटीलाई कार्यकारी कमिटीकै रुपमा लिएर अघि बढाउने, प्रदेश कमिटी कार्यकारी, स्थानीय कमिटी कार्यकारी हुने व्यवस्था अघि सारेको छ।’
उनले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताए।
अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको बताए। बैठकले तत्काल पार्टी अध्यक्ष बनाएर जाने कुरामा सकारात्मक नरहेको निष्कर्ष निकालेको छ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया