प्रधानमन्त्रीको अनुरोध- अत्यावश्यकबाहेक लामो यात्रा नगर्नू

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन् । साथै उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेकाे छ । विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गरेका हुन् ।
“शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया