कानुनविपरीत गतिविधिमा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा

काठमाडौँ। प्रहरीले रु एक लाख ३५ हजार ३०० सहित जुवा तास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ ।
नियन्त्रणमा लिएकामा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेपलाञ्चोकको चौर देउराली गाउँपालिका–३ घर भई हाल चन्द्रागिरि नगरपालिका–३ गैरी गाउँ बस्ने ४५ वर्षीय सोमबहादुर तामाङ, शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे घर भई बस्ने ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरि नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिरराज थापा तथा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४२ वर्षीय पर्शुराम श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “काठमाडौँ–१३ ताहाचलस्थित एक घरमा जुवा तास खेल्ने तथा खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।”














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया