यू–१७ महिला टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त

काठमाडौं । भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने नेपाली टिमको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त भएका छन् । आइतबार एन्फाले मल्ललाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रतियोगिता आगामी अगष्ट २० देखि ३० सम्म भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपालले पहिलो खेल भारतसँग सामना गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल समेत रहेको यो खेल भदौ ६ गते (अगष्ट २०) हुनेछ ।
त्यसपछि नेपालले भदौ ८ गते (अगष्ट २२) भुटान, भदौ १० गते (अगष्ट २४) बंगलादेश, भदौ १३ गते (अगष्ट २७) बंगलादेश, भदौ १५ गते (अगष्ट २९) पुनः बंगलादेश र भदौ १७ गते (अगष्ट ३१) पुनः भुटानसँग खेल्ने तालिका छ ।
यसअघि एन्फा टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेठलाई मुख्य प्रशिक्षक, सहायक प्रक्षिकमा नरेश थापा, चन्द्रादेवी दाहाललाई एन्फाले टोलीको गोलकिपर प्रशिक्षक र म्यानेजरमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान निरु थापालाई नियुक्त गरेको थियो ।
एन्फाका महासचिव किरण राईले आइतबार नै नवनियुक्त सहायक प्रशिक्षक मल्ललाई नियुक्ति पत्र हस्तान्तरण गरका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया