अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने

ललितपुर । साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने आठ टोलीको टुङ्गो लागेको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने टोलीबारे जानकारी दिएको हो ।
आयोजक समितिका अनुसार यस वर्ष सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लबले आयोजकका तर्फबाट सहभागिता जनाउनेछ । प्रतियोगितामा चर्च ब्वाइज काठमाडौँ, सहारा क्लब पोखरा, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी, सलहेस युवा क्लब सिराहा, फिदिम स्र्पोटिङ क्लब पाँचथर र आमन्त्रित फुटबल टोलीका रुपमा भारतको सिलगुढीस्थित ‘लेजन्ड’ फुटबल एकेडेमी सहभागी हुने निश्चित भएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिएका छतन् ।
प्रतियोगिता विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ पुरस्कार पाउने छन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए । उनका अनुसार सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु सात हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको क्वाटरफाइनलमा जनही रु १००, सेमिफाइनलमा जनही रु २०० र फाइनल खेलमा जनही रु २५० टिकटदर कायम गरिएको छ । ज्येष्ठ नागरिक, बालबालिका र फरक क्षमता भएका व्यक्तिहरूलाई प्रमाणपत्रका आधारमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ ।

















यूएईमा सेक्युरिटी गार्डमा कार्यरत थिए इरानको आक्रमणबाट ज्यान गुमाएका श्रेष्ठ
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
अमेरिकामा स्थापना भयो ‘हामी नेपाली इन्टरनेशनल’
हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
प्रतिक्रिया