सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ
मेरोन्यूज
२०८२ साउन ४ गते २१:४७

सप्तरी। सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले मण्डलको घरमा लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोलीले मण्डलको घर खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट दुई बोरा, गाईगोठबाट एक बोरा र घरनजिकको बाँसको झ्याङबाट नौ बोरा गाँजा बरामद गरेको हो ।
प्रहरीले घटनास्थलबाट ४१ वर्षीया रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अडागी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया