एमाले केन्द्रिय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियतावारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैछ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।
मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।
यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।
तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि हिजो दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।
सो छलफलको खास कुरा बाहिर नआए पनि ओली भने भण्डारीलाई जसरी पनि रोक्ने पक्षमा देखिएका छन् । सो बिषयमा पनि आजको केन्द्रिय समिति बैठकमा छलफल हुने बुझिएको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया