लगातार चाैथाे दिन बढ्यो सुनको भाउ, आज ताेलाकाे कति ?
मेरोन्यूज
२०८२ साउन ५ गते १२:१९

काठमाडौं । नेपाली बजारमा लगातार सोमबार पनि सुनको मूल्य बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत हप्ताको बिहीबारदेखि सुनको भाउ निरन्तर बढिरहेको हो । आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ ।
गत बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै शुक्रबार पनि सुनको भाउ २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सयमा कारोबार भएको थियो ।
हिजो आइतबार समेत तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि बढेको हो ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया