सफ्टवारिका कलेजमा ‘टेक एक्सस् एलिभेट २०२५’ : प्रविधि, उद्यमशीलता र प्रेरणाको संगम

काठमाडौँ । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई-कमर्सद्वारा आयोजना गरिएको चार दिने भव्य प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ।
असार ३२ गतेदेखि श्रावण ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो।
करिब १०,००० भन्दा बढी आगन्तुकहरूको उपस्थिति, ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी ख्यातिप्राप्त कन्टेन्ट क्रिएटरहरूसँगको संवादले यस महोत्सवलाई एक अविस्मरणीय प्रविधि उत्सवको रूपमा स्थापित गर्यो ।
कार्यक्रममा विद्यार्थीहरूद्वारा विकास गरिएका २० भन्दा बढी नवीन प्रविधिमूलक प्रोजेक्टहरू प्रदर्शन गरिएका थिए ।
करुणा (नलेज(बेस्ड असिस्टेन्ट फर रोबोटिक युटिलिटी एण्ड नेभिगेसन एक्ट्स), मिरा (मोडर्न एजुकेशनल एण्ड एंगेजमेन्ट रोबोटिक असिस्टेन्ट), स्टडीसेन्स (भर्चुअल रियालिटी(इनेब्ल्ड गेमिफाइड कोर्स काउन्सेलर), तोमात्रों (द एआई(पावर्ड एग्रोबोट फर प्रिसिजन टोमाटो हार्भेस्टिङ), फिसअवेर, फ्लिप आरएफआईडी, केम्ल्याब भीआर, एभिलट्वीन डिटेक्टर एमएल, सुरक्षित एभी स्ट्रिम जस्ता इनोभेसनहरूले दर्शकहरूको ध्यान ताने ।
उद्यमशीलता र व्यावसायिक सोचको विकासका लागि आयोजित आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता स्थापित उद्यमी तथा प्रशिक्षकहरूले अनुभव बाँडे ।
त्यस्तै, भीसी पिचिङ सेसनमा सहभागी २५ भन्दा बढी प्रेरणादायी स्टार्टअप आइडिया मध्य ७ भन्दा बढी लगानीकर्ताहरूले चासो देखाए, जसले नवप्रवर्तनशील सोचलाई थप ऊर्जा दिएको आयोजकहरूले जनाएका छन् । कलेजले प्रतिभाशाली स्टार्टअपहरूमाझ लगानी प्रवाह सुनिश्चित गर्न १ करोड रुपैयाँ लगानीको घोषणासमेत गर्यो ।
यस वर्षको कार्यक्रमको अर्को आकर्षण इन्स्पायर टक सत्रहरू थिए, जहाँ नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलजस्ता राष्ट्रिय व्यक्तित्वहरूले युवाहरूसँग इमान, मेहनत र अनुशासनको महत्त्वबारे प्रेरणादायी विचार राखे । चार दिनका क्रममा विभिन्न प्रेरक व्यक्तित्वहरूले जीवनदृष्टिकोण, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वबारे संवाद गरे ।
दुई दिनसम्म सञ्चालन भएको जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जहाँ सफ्टवारिका कलेजका हालका र पूर्व विद्यार्थीहरूसमेत गरी ५ सयभन्दा बढी सहभागीहरूले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शमार्फत भविष्य निर्माणका सम्भावनाहरूको खोजी गरे ।
कार्यक्रमको विशेष आकर्षणमध्ये ‘आइरन क्लाश’ रोबोट युद्ध प्रतियोगिता उल्लेखनीय रह्यो, जहाँ २ वर्षदेखि निरन्तर तयारीमा रहेका विद्यार्थी समूहहरूले उच्च प्रविधिको प्रयोगसहित प्रतिस्पर्धा गरे । प्रतियोगिताका विजेताहरूलाई रु. ३ लाख बराबरको पुरस्कार प्रदान गरिएको थियो, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनायो ।
डिजिटल प्रभाव र सामाजिक सञ्जालको महत्त्वलाई मध्यनजर गर्दै आयोजना गरिएको इन्फ्लुएन्सर मिटअप मा सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सिद्धार्थ घिमिरे (फूड), सजिना खनाल, ज्यास्मिन महर्जन, वर्षा बस्नेत, विनायक कुइकेलसहित १५ भन्दा बढी चर्चित डिजिटल क्रिएटरहरूको सहभागिता रह्यो ।
उनीहरूको उपस्थितिले युवाहरूमाझ डिजिटल सम्भावनाबारे नयाँ सोच र संवादको ढोका खोल्यो ।
मिडिया र शैक्षिक क्षेत्रको सशक्त सहभागिता पनि कार्यक्रममा देखियो । ५० भन्दा बढी सञ्चारमाध्यमहरूले कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङ तथा प्रचार–प्रसार गरे भने विभिन्न ५०ं शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थी प्रोजेक्टहरू अवलोकन गर्दै उनीहरूको प्रयासको प्रशंसा गरे ।
कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्स : एलिभेट २०२५’ लाई केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको समागमको रूपमा व्याख्या गर्यो ।
नेपाली युवाहरूलाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यका साथ सफ्टवारिका कलेजले आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया