मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ नौ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २६ पैसा र बिक्रीदर चार रुपैयाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ सात पैसा र बिक्रीदर ४५३ रुपैयाँ चार पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया