बिहीबार, वैशाख २४, २०८३

ओली सरकारको एक वर्ष खेर गयाे : गगन थापा

मेरोन्यूज २०८२ साउन ६ गते १८:२१

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमाले मिलेर बनसेको शक्तिशाली सरकारले एक वर्ष समय त्यतिकै फालेको टिप्पणी गरेका छन् ।

Advertisement
NiccNicc

भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सरकारले एक वर्ष खेर फालेको भन्दै अब गम्भीर समिक्षा हुनुपर्नेमा जोड दिए । आवश्यक परे मन्त्रीहरु फेरेर भएपनि सरकारको प्रभावकारिता बढाउनुपर्ने उनको सुझाव छ ।

थापाले भने,‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौँ। केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौँ। मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफालौँ ।’ उनले अहिले सरकार टिक्नु नै खुसीको कुरा भएकोजस्तो भएकोले अब भने उपलब्धि हाँसिल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया