ओली सरकारको एक वर्ष खेर गयाे : गगन थापा
मेरोन्यूज
२०८२ साउन ६ गते १८:२१

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमाले मिलेर बनसेको शक्तिशाली सरकारले एक वर्ष समय त्यतिकै फालेको टिप्पणी गरेका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सरकारले एक वर्ष खेर फालेको भन्दै अब गम्भीर समिक्षा हुनुपर्नेमा जोड दिए । आवश्यक परे मन्त्रीहरु फेरेर भएपनि सरकारको प्रभावकारिता बढाउनुपर्ने उनको सुझाव छ ।
थापाले भने,‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौँ। केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौँ। मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफालौँ ।’ उनले अहिले सरकार टिक्नु नै खुसीको कुरा भएकोजस्तो भएकोले अब भने उपलब्धि हाँसिल गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित










उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया