बुधबार, माघ ७, २०८२

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

मेरोन्यूज २०८२ साउन ८ गते १०:०५
Close up of snake bite person leg need emergency medical help. Poisonous serpent snap outdoors. First aid and healthcare concept. Flat vector illustration.

राजविराज (सप्तरी), ८ साउन : यहाँको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ । —

प्रतिक्रिया