शुक्रबार, वैशाख १८, २०८३

इनड्राइभले गर्‍याे बाढी–पहिरो पीडितलाई घर हस्तान्तरण

मेरोन्यूज २०८२ साउन ८ गते १२:४७

काठमाडाैं । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले बाढी, पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घर हस्तान्तरण गरेको छ।

Advertisement
NiccNicc

राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

साथै, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरू पनि वितरण गरिएको कम्पनीले बताएको छ।

यी घर समुदायको सल्लाह अनुसार बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका छन्।

इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, ‘इनड्राइभमा हाम्रो मिसन केवल राइड सर्भिसमा मात्र सीमित छैन, यो दीर्घकालीन, सार्थक, अर्थपूर्ण र दिगो परिवर्तन सिर्जना गर्ने यात्रासँग सम्बन्धित छ।’

प्रतिक्रिया