आज २०८२ साल साउन ९ गते शुक्रबारको राशिफल

काठमाडौं ।आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई २५ तारिख। गुंला पर्व आरम्भ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुंला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष : घरपरिवारको सहयोग नमिल्नाले आत्मविश्वासमा कमी आउनेछ। यात्रा गर्दा सावधान रहनुहोला। व्यापार व्यवसायलाई लिएर मन चिन्ताग्रस्त रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृष : लगनशीलता र कार्यकुशलताले जटिल समस्याको समाधान हुनेछ। अध्ययनलाई लिएर नयाँ बाटोहरू खुल्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा गरेको परिश्रमबाट लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। सम्पर्क क्षेत्रमा वृद्धि हुनेछ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : जीवन साथीसँग वैचारिक मतभेद सुल्झाउन सफल भइनेछ। मित्रको सहयोग मिल्नेछ। घर परिवारमा शुभ मांगलिक कार्यको योजना बन्नेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह : चिताएका कार्य सम्पादन गर्नमा बाधा आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ अवसरको खोज सफल हुनेछ। आफन्तजनहरूसँगको विश्वास गुम्न सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको मार्गदर्शन मिल्नेछ। परिवारमा एक अर्कामाथि विश्वास बढ्नेछ। आय आर्जनका नयाँ मार्ग प्रशस्त हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
तुला : धर्मकर्ममा मन लाग्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। पितासँग आत्मीयता बढ्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक : धैर्य र पराक्रममा वृद्धि हुनेछ। स्यानु स्यानु कुरामा रिसाउने बानीले बोलिको विपरीत अर्थ लाग्ला। भविष्यलाई लिएर योजना कोरिनेछ। शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु : आर्थिक पक्षलाई लिएर मनमा चिन्ता रहनेछ। आफन्तहरूले व्यर्थमा अलमल्याउन सक्छन्। नयाँ अवसरको खोजीमा केही दौडदुप गर्नुपर्ला। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मकर : आर्थिक पक्षमा सुधार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वादविवादबाट जोगिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ : अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। विवादास्पद समस्याहरू सुल्झिनेछन्। अविवाहित हुनुहुन्छ भने विवाह आदिको कुराकानी चल्नेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मीन :सांस्कृतिक कार्यक्रमहरूमा विशेष स्थान प्राप्त होला। आफ्नो योग्यतालाई निखार्ने अवसर रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।















यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया