इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौँ। विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो ।
इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात् शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने सबैलाई सरकारले धन्यवाद दिएको छ ।
















जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया