नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न, यसरी झुमे कर्मचारी र अभिकर्ता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि उक्त कन्सर्ट आयोजना गरेको हो । उक्त कन्सर्ट भैरहवाको होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गर्नु भएको थियो ।
मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो । यसै गरी चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्येनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्र्सटलाइ निरन्तरता दिएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया