स्पेनलाई हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

स्वीजरल्यान्ड । स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ।
आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो। सो अग्रता धेरै लामो समय भने टिक्न पाएन। ५७ औँ मिनेटमा केलीको गोलमा इंग्ल्यान्डखेलमा फर्किएको थियो।
बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा इंग्ल्यान्डकी चोल केलीले विजयी प्रहार गरिन्। स्पेनले लगातार तीन प्रहार खेर फालेको थियो। यी मध्यको दुई प्रहार इंग्ल्यान्डकी गोलरक्षक हनाह हाप्टनले बचाएकी थिइन्।
इंग्ल्यान्डले विदेशी भूमिमा उपाधि जितेको यो पहिलो पटक हो। साथै लगातार तीन युरोपेली उपाधि जितेपछि प्रशिक्षक सरिना विगम्यान महान् प्रशिक्षकको कोटीमा आफूलाई सूचीकृत गर्न सफल भएकी छिन्। उनले दुई फरक देशका लागि उपाधि जितेकी हुन्।
कमब्याक क्विन पुष्टि गर्न सफल इंग्ल्यान्ड युरो २०२५ का सबै नकआउट खेलमा पहिला गोल खाएको टिम हो।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया