बागमतीका खानेपानीमन्त्रीले पनि दिए राजीनामा
मेरोन्यूज
२०८२ साउन १३ गते १७:००

बागमती । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज मन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आज उहाँले राजीनामा बुझाएका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका हुन् ।
यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए। सोही दिन मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त गरेका थिए ।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया