सोमबार, चैत ३०, २०८२

एनपिएलमा सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट

मेरोन्यूज २०८२ साउन १३ गते १९:१७

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि लागि मार्भल टेक्नोप्लास्ट प्रालिसँग एक्सिलेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले हस्ताक्षर गरे।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मार्भलसँगको सहकार्यले एनपिएललाई उचाँइमा पुर्याउने बताए। उनले नेपाली क्रिकेटमा अझै राम्रो गर्ने योजनाका साथ मार्भलसँग सम्झौता गरिएको दाबी गरे।

मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले एनपीएलमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको भन्दै नेपाली क्रिकेटको विकासमा लाग्ने बताए।

प्रतिक्रिया