संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी निवारण मान्त्रालयका माननीय मन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल गरिनेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मधेश प्रदेश लगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानको लागि मन्त्रालयबाट भएका कामकारवाही वारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
















मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया