आइएमई लाइफको ‘बिजनेश एक्सलेन्स अवार्ड नाइट २०२५’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई. लाइफ इन्स्योरेन्सको ‘बिजनेश एक्सलेन्स अवार्ड नाइट २०२५’ भव्य रुपमा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१–८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।
पोखरा ग्राण्डमा आयोजित सो समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिरहरु , प्रदेश प्रमुखहरु र कम्पनीका कर्मचारीहरुको सहभागितामा उक्त अवार्ड समारोह सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अभिकर्ताहरूको व्यबसायीक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशि उधोगहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशि आखिझ्याल शैलिका विशेष अवार्ड प्रदान गरिएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरु अभिकर्ता र कर्मचारी साथिहरूको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने ब्यहोरा उदघोष गरि उक्त समारोहको समापन गरिएको थियो ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया