चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद्मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार शुक्रबार कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा सङ्घ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । दिनको २ः३० बजे समितिको कार्यकक्षमा नै बैठक बस्दै छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे समितिको बैठककक्षमा बस्दैछ । समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल हुनेछ ।
समितिको कार्यकक्षमा बिहान ११ः०० बजे बैठक बस्नेछ ।
















२८ खर्ब नाघ्यो सरकारी ऋण
सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन : कतिले गराए उम्मेदवारी दर्ता ?
Former PM Dr Bhattarai files candidacy for HoR polls
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया