एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेजबीच सम्झौता, ग्राहकलाई लेमोन ट्री प्रिमियरमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच लेमोन ट्री प्रिमियर होटल, बुढानीलकण्ठमा सेवा लिने क्रममा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर होटलमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट पाउनेछन्। छुट अन्तर्गत आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको छुट उपलब्ध गराइनेछ।
सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख श्री बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर श्री मनोज कुमार थापाले हस्ताक्षर गर्नुभएको छ।
ग्राहकहरूले उक्त छुटको लाभ लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधासम्पन्न सेवा प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।












यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया