ब्रिटिस काउन्सिलको विश्वव्यापी अवार्डको अन्तिम प्रतिस्पर्धीमा कान्तिपुरकर्मी खड्का

काठमाडौं । बेलायती विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई प्रदान गरिने ब्रिटिस काउन्सिलको ग्लोबल अवार्डको फाइनलिस्टमा कान्तिपुरकर्मी घनश्याम खड्का परेका छन् ।
यो सूचीमा नेपालका खड्कासहित दक्षिण अफ्रिका, नाइजेरिया, फिलिपिन्स, उज्जेकिस्तान, ग्रिस लगायतका २८ देशका विधार्थीहरु छनोटमा परेका छन् । बेलायतमा उच्च शिक्षा हासिल गरी आ-आफ्नो देशमा कार्यरत संसारभरमा १३ सय प्रतिस्पर्धीबाट खड्का छनोटमा परेका हुन् ।
यो सूचीबाट अन्तिममा तीन जना विजेताका रुपमा सम्मानित हुनेछन् । बेलायतमा अध्ययन गरेकाहरुले आ-आफ्नो देशमा पारेको प्रभाव, हासिल गरेको उपलब्धि र आफ्नो पेसा तथा समुदायमा पुर्याएको प्रभावका आधारमा ब्रिटिस काउन्सिलले प्रतिस्पर्धीहरुको छनोट गर्दछ । छनोटमा परेकाहरुमध्येबाट व्यावसायिक उपलब्धि र सामाजिक कार्य, व्यापार र नवप्रवर्तन, तथा संस्कृति र सृजनशीलता गरी तीन विधामा सम्मान प्रदान गरिन्छ । सन् २०१६ मा चेभनिङ स्कलरका रूपमा लीड्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय र युरोपेली मानवअधिकार कानुनमा एलएलएम गरेका खड्का संस्कृति र सृजनशिलता विधाको अन्तिम प्रतिस्पर्धीका लागि छानिएका हुन् ।
मानवअधिकार पत्रकारिता र पुस्तक लेखनका अतिरिक्त ‘माइण्डफुल लिभिङ’ अभियानका साथै उनले प्रवर्तन गरेको ‘राइट टु ह्याप्पिनेस’ दर्शनका लागि उनलाई यो अवार्डको लागि फाइनलिस्ट चयन गरिएको हो । उनी यस अवार्डका लागि फाइनलिस्टमा छनोट हुने एक्ला नेपाली हुन् ।विश्वविद्यालयको प्रतिनिधित्व गर्दै अन्तिम प्रतिस्पर्धीमा छनोट भएकामा खुसी व्यक्त गर्दै लिड्स युनिभर्सीटीले खड्कालाई बुधबार पत्र लेखेर बधाइ पनि दिएको छ ।
ब्रिटिस काउन्सिलले यस वर्षको अन्त्यमा लन्डनमा ‘ग्लोबल एलुम्नाइ अवार्ड’ समारोह आयोजना गर्नेछ, जहाँ विजेताहरूको नाम घोषणा हुनेछ ।
















सुधारिँदै काठमाडौँको वायु गुणस्तर
कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया