सामसङ ग्यालेक्सी वाच८ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल

काठमाडौँ । सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ। दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ।
ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित जडित छ। यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ । जसले सर्केदीयन् रिदमको विश्लेषण गरेर ताजगीको साथ उठ्न सक्छन् । यसमा रहेको रनिंग कोचले प्रयोगकर्ताको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ।
साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिन्छ।
अब जेमिनी एआईको सहायताले ग्राहकले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सक्छन्। सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ। ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ।
ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत आफ्नो उत्कृष्ट पहिचान बनाउँछ। पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ। यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ। यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ। यो स्टाइलिस र लगाउँदा एकदमै सहज लाग्छ।
यो ग्यालेक्सी वाच ८ क्लासिक सेतो रङको ४६ एमएम साइजको मूल्य ७४ हजार ९९९, ग्यालेक्सी वाच ८ ग्राफिट कलरमा ४० एमएम साइजको ५४ हजार ९९९ र ४४ एमएम ग्राफिट र सिल्भर कलरको ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया