सुजुकीको ‘मनसुन सर्भिस क्याम्प’ साउन १८ देखि, छुट र उपहारको अवसर

काठमाडौं। नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले साउन १८ गतेदेखि ‘मनसुन फ्री सर्भिस क्याम्प’ सुरू गर्ने भएको छ।
श्रावण १८ देखि २० गतेसम्म चल्ने यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ।
वर्षायाममा लगातारको पानीका कारण सवारी साधनमा विभिन्न समस्या देखिन सक्ने र समयमै ध्यान नदिँदा गाडीमा दीर्घकालीन असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।
ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यस क्याम्पमा गाडीको निःशुल्क जाँच, मर्मत सेवामा विशेष छुट, र विशेषज्ञद्वारा गाडीको हेरचाहसम्बन्धी सल्लाह-सुझाव प्रदान गरिनेछ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसिङमा आकर्षक छुट र अन्य अफरहरू प्राप्त गर्न सक्नेछन्। यसका साथै, क्याम्पमा सहभागीमध्ये ३ जना भाग्यमानी ग्राहकले आकर्षक सर्भिस प्याकेज जित्ने अवसर पाउनेछन्।
क्याम्पमा एसी/हिटर, ब्याट्री र गाडीको ओभरअल चेकअप पूर्ण रूपमा निःशुल्क परीक्षण, सडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्म छुट, लेबर चार्जमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ उठाउन र वर्षायाममा आफ्नो सवारीलाई उत्कृष्ट अवस्थामा राख्न आग्रह गरेको छ। सुजुकीले नेपालकै ठूलो सर्भिस सञ्जालमार्फत सेवा दिँदै आएको छ, जसअन्तर्गत देशभर ५४ वटा सर्भिस आउटलेटहरू रहेका छन्।
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया