सुजुकीको ‘मनसुन सर्भिस क्याम्प’ साउन १८ देखि, छुट र उपहारको अवसर

काठमाडौं। नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले साउन १८ गतेदेखि ‘मनसुन फ्री सर्भिस क्याम्प’ सुरू गर्ने भएको छ।
श्रावण १८ देखि २० गतेसम्म चल्ने यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ।
वर्षायाममा लगातारको पानीका कारण सवारी साधनमा विभिन्न समस्या देखिन सक्ने र समयमै ध्यान नदिँदा गाडीमा दीर्घकालीन असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।
ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यस क्याम्पमा गाडीको निःशुल्क जाँच, मर्मत सेवामा विशेष छुट, र विशेषज्ञद्वारा गाडीको हेरचाहसम्बन्धी सल्लाह-सुझाव प्रदान गरिनेछ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसिङमा आकर्षक छुट र अन्य अफरहरू प्राप्त गर्न सक्नेछन्। यसका साथै, क्याम्पमा सहभागीमध्ये ३ जना भाग्यमानी ग्राहकले आकर्षक सर्भिस प्याकेज जित्ने अवसर पाउनेछन्।
क्याम्पमा एसी/हिटर, ब्याट्री र गाडीको ओभरअल चेकअप पूर्ण रूपमा निःशुल्क परीक्षण, सडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्म छुट, लेबर चार्जमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ उठाउन र वर्षायाममा आफ्नो सवारीलाई उत्कृष्ट अवस्थामा राख्न आग्रह गरेको छ। सुजुकीले नेपालकै ठूलो सर्भिस सञ्जालमार्फत सेवा दिँदै आएको छ, जसअन्तर्गत देशभर ५४ वटा सर्भिस आउटलेटहरू रहेका छन्।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया