इन्फिनिक्स फोनमा अब १८ महिना वारेन्टी, १०० दिनभित्र स्क्रिन फेर्न पनि निःशुल्क

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालका ग्राहकका लागि नयाँ अफरहरू सार्वजनिक गरेको छ।
कम्पनीले अब आफ्ना सबै स्मार्टफोनमा १८ महिनाको वारेन्टी र छनोट गरिएका मोडेलहरूमा एकपटक निःशुल्क स्क्रिन फेर्ने सुविधा दिने घोषणा गरेको हो।
कम्पनीका अनुसार अबदेखि इन्फिनिक्सका सबै नयाँ उपकरणमा १८ महिनाको विस्तारित वारेन्टी लागू हुनेछ। यसले ग्राहकहरूलाई थप सुरक्षा र विश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ।
वारेन्टी विस्तारसँगै कम्पनीले ‘एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट’ अफर पनि ल्याएको छ। यो सुविधा हट ५०आई, स्मार्ट१०, स्मार्ट१० प्लस, जीटी२० प्रो, जीटी३० प्रो र नोट ५०एक्स लगायत अन्य नयाँ मोडेलहरूमा उपलब्ध हुनेछ।
ग्राहकले फोन एक्टिभेट गरेको १०० दिनभित्र एक पटकका लागि कुनै आकस्मिक क्षति भएमा स्क्रिन निःशुल्क फेर्न सक्नेछन्। यो योजना २०८२ असार १७ देखि कात्तिक १४ सम्म खरिद गरिएका फोनहरूमा लागू हुनेछ।
यसका साथै, इन्फिनिक्सले आफ्ना स्मार्टफोनमा ‘ब्यान्ड २०’ कनेक्टिभिटीलाई निरन्तरता दिएको जनाएको छ। यो प्रविधिले नेपालका उच्च भू-भाग तथा कमजोर सिग्नल भएका क्षेत्रमा समेत भरपर्दो नेटवर्क र स्थिर मोबाइल डाटा सुनिश्चित गर्न मद्दत गर्छ।
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया