इन्फिनिक्स फोनमा अब १८ महिना वारेन्टी, १०० दिनभित्र स्क्रिन फेर्न पनि निःशुल्क

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालका ग्राहकका लागि नयाँ अफरहरू सार्वजनिक गरेको छ।
कम्पनीले अब आफ्ना सबै स्मार्टफोनमा १८ महिनाको वारेन्टी र छनोट गरिएका मोडेलहरूमा एकपटक निःशुल्क स्क्रिन फेर्ने सुविधा दिने घोषणा गरेको हो।
कम्पनीका अनुसार अबदेखि इन्फिनिक्सका सबै नयाँ उपकरणमा १८ महिनाको विस्तारित वारेन्टी लागू हुनेछ। यसले ग्राहकहरूलाई थप सुरक्षा र विश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ।
वारेन्टी विस्तारसँगै कम्पनीले ‘एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट’ अफर पनि ल्याएको छ। यो सुविधा हट ५०आई, स्मार्ट१०, स्मार्ट१० प्लस, जीटी२० प्रो, जीटी३० प्रो र नोट ५०एक्स लगायत अन्य नयाँ मोडेलहरूमा उपलब्ध हुनेछ।
ग्राहकले फोन एक्टिभेट गरेको १०० दिनभित्र एक पटकका लागि कुनै आकस्मिक क्षति भएमा स्क्रिन निःशुल्क फेर्न सक्नेछन्। यो योजना २०८२ असार १७ देखि कात्तिक १४ सम्म खरिद गरिएका फोनहरूमा लागू हुनेछ।
यसका साथै, इन्फिनिक्सले आफ्ना स्मार्टफोनमा ‘ब्यान्ड २०’ कनेक्टिभिटीलाई निरन्तरता दिएको जनाएको छ। यो प्रविधिले नेपालका उच्च भू-भाग तथा कमजोर सिग्नल भएका क्षेत्रमा समेत भरपर्दो नेटवर्क र स्थिर मोबाइल डाटा सुनिश्चित गर्न मद्दत गर्छ।












यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया