शुक्रबार, वैशाख १८, २०८३

डोङफेङ नामीले सार्वजनिक गर्यो ‘व्हाई वेट फर द फेस्टिभल’ नारासहित ‘अर्ली फेस्टिभ अफर’

मेरोन्यूज २०८२ साउन १६ गते २१:०५

काठमाडौं । डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ। ‘व्हाई वेट फर द फेस्टिभल’ नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ।

नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ(स्टार लक्जरी ईभी बनाएको छ।

Advertisement
NiccNicc


ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन, डोङफेङ नामीले यो गाडीलाई विशेष चाडपर्व मूल्य ३३.९९ लाख रुपैयाँमा उपलब्ध गराएको छ जुन पहिले ३४.७९ लाख रुपैयाँ थियो। चाडपर्व सुरु हुनु अघि नै अफर सुरु गरेर कम्पनीले ग्राहकलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको कम्पनीले जनाएको छ ।


डोङफेङ नामीको देशभरका सम्पूर्ण शोरूममा अफर उपलब्ध हुनेछ । डोङफेङ नामीले डिजाइन, नवीनता र दैनिक व्यवहरिकताको संयोजनमार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न अग्रणी भूमिका खेल्दै आएको छ। यो प्रारम्भिक चाडपर्व योजना मार्फत कम्पनीले यो वर्षभरिकै प्रतिक्षित समयमा प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ धेरै नेपालीहरूका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया