अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताएका छन् । नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उनले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिए । प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता डा.कोइरालाले ‘लोकतन्त्रको पर्यायवाची नै कांग्रेस भएकाले लोकतन्त्र कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राखे ।
‘लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो,’– उनले भने ।
नेता डा.कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने बताउँदै अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।
राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसित आफूले भेटघाट एवं छलफल गरेको पनि उनले बताए ।
सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्यहरु सुरेश तिम्सिना, सीयाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, नखबहादुर खड्का, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।










सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया