भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड

काठमाडौं । टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् ।
सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २०० विकेट पूरा गरेका छन् । इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टको दोस्रो दिन चार महत्वपूर्ण विकेट लिएर आफ्नो चम्किलो बलिङका साथ सिराजको अन्तर्राष्ट्रिय विकेटको संख्या २०३ पुगेको छ ।
सिराजले टेस्टमा ११८, एकदिवसीयमा ७१ र टी–२० मा १४ विकेट लिएका छन् । तेन्दुलकरले आफ्नो करियरमा कुल २०१ विकेट (टेष्टमा ४६, एकदिवसीयमा १५४ र टी–२० मा १ विकेट) लिएका थिए ।
सिराजले तीव्र गतिका बलरहरूका लागि उपयुक्त पिचमा इङ्ल्यान्डका ओपनरहरूले बलियो जवाफी आक्रमण गरेपछि भारतले बलियो पुनरागमन गर्दा यो उपलब्धि हासिल भएको हो । बेन डकेट र ज्याक क्राउलीले ७७ बलमा ९२ रनको साझेदारी गरेका थिए भने डकेटको आउट भएपछि भारतीय टोलीले राहत पाएको छ ।
दिउँसोको सत्रमा सिराजले अवसरको सदुपयोग गर्दै ८ ओभरको उत्कृष्ट स्पेल बलिङ गर्दै इंग्ल्याण्डको मिडल अर्डरलाई ध्वस्त पार्न सफल भए । उनले इंग्ल्याण्डका प्रमुख ब्याट्सम्यान ओली पोप, जो रुट र ज्याक बेथललाई आउट गरेका थिए ।
सिराजले निप ब्याकर र घातक योर्कर बलिङ गरे। उनको सिम मुभमेन्ट र स्विङको कमाण्डले उनी किन भारतको बलिङ आक्रमणको गौरव बनिरहेको छ भने देखाएको छ ।

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया