भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड

काठमाडौं । टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् ।
सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २०० विकेट पूरा गरेका छन् । इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टको दोस्रो दिन चार महत्वपूर्ण विकेट लिएर आफ्नो चम्किलो बलिङका साथ सिराजको अन्तर्राष्ट्रिय विकेटको संख्या २०३ पुगेको छ ।
सिराजले टेस्टमा ११८, एकदिवसीयमा ७१ र टी–२० मा १४ विकेट लिएका छन् । तेन्दुलकरले आफ्नो करियरमा कुल २०१ विकेट (टेष्टमा ४६, एकदिवसीयमा १५४ र टी–२० मा १ विकेट) लिएका थिए ।
सिराजले तीव्र गतिका बलरहरूका लागि उपयुक्त पिचमा इङ्ल्यान्डका ओपनरहरूले बलियो जवाफी आक्रमण गरेपछि भारतले बलियो पुनरागमन गर्दा यो उपलब्धि हासिल भएको हो । बेन डकेट र ज्याक क्राउलीले ७७ बलमा ९२ रनको साझेदारी गरेका थिए भने डकेटको आउट भएपछि भारतीय टोलीले राहत पाएको छ ।
दिउँसोको सत्रमा सिराजले अवसरको सदुपयोग गर्दै ८ ओभरको उत्कृष्ट स्पेल बलिङ गर्दै इंग्ल्याण्डको मिडल अर्डरलाई ध्वस्त पार्न सफल भए । उनले इंग्ल्याण्डका प्रमुख ब्याट्सम्यान ओली पोप, जो रुट र ज्याक बेथललाई आउट गरेका थिए ।
सिराजले निप ब्याकर र घातक योर्कर बलिङ गरे। उनको सिम मुभमेन्ट र स्विङको कमाण्डले उनी किन भारतको बलिङ आक्रमणको गौरव बनिरहेको छ भने देखाएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया