लमही-घोराही सडक २१ साउनदेखि ४ दिन बन्द हुने

काठमाडौं । दाङको लमही–घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । सो सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भन्दै साउन २१ गतेदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले लमही–घोराही सडकखण्डमा यही साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुई पांग्रे सवारी साधन बाहेक अरु सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।यो सडकको विकल्पको रुपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । त्यसको व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीलाई भनिएको छ ।
साथै मसोट खोला पुल नजिकको डाइभर्सन सडक डिभिजन कार्यालयले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधन सन्चालनको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
















उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया