बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँले पेस गरे दाबी
मेरोन्यूज
२०८२ साउन १९ गते १५:३५

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
बानियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।
आजै केहिबेरअघि मात्रै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसलगत्तै बानियाँले दाबी पेस गरेका हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यी दुई दलको गठबन्धनसँग स्पष्ट बहुमत छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया