पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
मेरोन्यूज
२०८२ साउन २० गते ७:४१

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिराले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।
उहाँले भन्नुभयो,“सडक खुलाउने प्रयास भइरहेको छ । राति पहिराले सडक अवरुद्ध भएपछि हामीलाई फोन आएको थियो, हामीले तुरुन्तै प्रहरी टोली पठायौँ, तर सडक खुलाउन सकिएन, अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको छ, सडक खुल्न अझै केही समय लाग्ने देखिन्छ ।”
सम्बन्धित














विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया