नेपाल बैंक र अल्फा हेल्थबीच सहकार्य, ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट
मेरोन्यूज
२०८२ साउन २० गते ११:३७

काठमाडौं,। नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ।
सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले ब्लड टेस्ट, युरिन टेस्ट, एक्स–रेलगायत प्याथोलोजी सेवामा छुट पाउने छन्। साथै, औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट र निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध हुनेछ।
सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन्।
यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच अझ सहज र किफायती हुने अपेक्षा गरिएको छ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया