नेपाल बैंक र अल्फा हेल्थबीच सहकार्य, ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट
मेरोन्यूज
२०८२ साउन २० गते ११:३७

काठमाडौं,। नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ।
सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले ब्लड टेस्ट, युरिन टेस्ट, एक्स–रेलगायत प्याथोलोजी सेवामा छुट पाउने छन्। साथै, औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट र निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध हुनेछ।
सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन्।
यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच अझ सहज र किफायती हुने अपेक्षा गरिएको छ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया