सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबिच बिदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीतिक छलफल भएको छ ।
साथै उत्पादनशील क्षेत्रहरू र प्रविधी स्थानन्तरणहरूमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रिटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने बिषयमा छलफल भएको छ ।
उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरूका समस्या समाधानका लागि आफु लागि परेको र नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य राजदूत पौडेलले बताए । साथै उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना बनिरहेको समेत जानकारी दिए ।
भेटमा पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया