सारथीइकुटर इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट

काठमाडौं । नाइमा अटो शोको अवसरमा विभिन्न सवारीसाधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तिब्र छ ।
यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथीइकुटरले पनि निक्कै आकर्षक अफर ल्याएको छ ।
नाइमा अटो शोको शुरुको दिन अर्थात साउन २१ गते देखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सँचालन भएको कम्पनीले जनाएको छ ।
उक्त अफर अनुसार सारथीइकुटरका दुइ मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु। २५ हजार छुट पाउनेछन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २०५ डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।
यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।
३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २।८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ ।
यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको छ । जसले विगत ६ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रि वितरण गरिरहेको छ ।











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया