एनपिएल मिनी अक्सनमा १५० खेलाडीले भाग लिने
मेरोन्यूज
२०८२ साउन २१ गते ११:४९

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४ सय ५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो।ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन्। यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।
यस्तै बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको क्यानले जनाएको छ । अक्सनमा रहने खेलाडीको श्रेणी अनुसार मूल्य हुनेछ। ‘ए’ क्याटगोरीमा रहने खेलाडीको न्यूनतम १० लाख-अधिकतम १५ लाख रहँदा श्रेणी ‘बी’ न्यूनतम ५ लाखदेखि अधिकतम १० लाखसम्म र श्रेणी ‘सी’ न्यूनतम २ लाखदेखि अधिकतम ५ लाख सम्म रहनेछ।
सम्बन्धित


















फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया