एनपिएल मिनी अक्सनमा १५० खेलाडीले भाग लिने
मेरोन्यूज
२०८२ साउन २१ गते ११:४९

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४ सय ५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो।ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन्। यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।
यस्तै बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको क्यानले जनाएको छ । अक्सनमा रहने खेलाडीको श्रेणी अनुसार मूल्य हुनेछ। ‘ए’ क्याटगोरीमा रहने खेलाडीको न्यूनतम १० लाख-अधिकतम १५ लाख रहँदा श्रेणी ‘बी’ न्यूनतम ५ लाखदेखि अधिकतम १० लाखसम्म र श्रेणी ‘सी’ न्यूनतम २ लाखदेखि अधिकतम ५ लाख सम्म रहनेछ।
सम्बन्धित













११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया