बुधबार, मंसिर ३, २०८२

नालायकीपनको जिम्मा कसले लिने ? भन्दै राजीनामा मागसहित रामहरिलाई रास्वपाको प्रश्न

मेरोन्यूज २०८२ साउन २१ गते १३:५५

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवात मै रास्वपाका तर्फबाट बोलेको सांसद मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा दोषी देखिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् ।

उनले भने, ‘कुलिङ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ। यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ कसले दिने ? यो जिम्मेवारीपनको जवाफ कसले दिने ?’

उनले नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने भन्दै अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने भनेर प्रश्न समेत गरे।

प्रतिक्रिया