आज पनि संसदबाट बाहिरिए राप्रपा र रास्वपा सांसद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छ ।
आजको बैठकमा रास्वपा सांसद समेत रहेका प्रवक्ता मनीष झा र राप्रपा सांसद रोशन कार्कीले आफ्ना कुरा राखे लगत्तै उनीहरू बैठक छाडेर बाहिरिएका छन् ।सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे । साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने उनले बताए ।
‘हामीलाई पटक पटक नैतिकता र नालायकीपनको प्रश्न सोध्ने गरिन्थ्यो । राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,’ उनले भने, ‘यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । यो नालायकीपनको जवाफ कसले दिने ?’
राप्रपा सांसद कार्कीले आफूहरू आन्दोलित हुँदा किन बैठक चलाइरहेको भन्दै सभामुखलाई प्रश्न गरिन् ।
‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ?’, उनले प्रश्न गरिन् ।










मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया