विद्युतीय सवारी बजारमा याडियाको नयाँ प्रस्तुतिः भेलाक्स सिरिज सार्वजनिक

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा याडियाले आफ्नो नयाँ स्कुटर ‘भेलाक्स सिरिज’ सार्वजनिक गरेको छ ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीनवटा मोडल भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु र भेलाक्स एच सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो । भेलाक्स फास्ट चार्जिङमा ७६ भोल्ट ३० एएच ब्याट्री र ३ हजार २ सय वाटको मोटर रहेको छ । जसले ११० किलोमिटरसम्मको रेन्ज दिन्छ । २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने क्षमताले यो मोडललाई डेलिभरी तथा व्यस्त यात्रुका लागि उपयुक्त बनाएको छ ।
भेलाक्स युमा डुअल ब्याट्रीको संयोजन छ, जसले १४० किलोमिटर रेन्ज र ८० किमी प्रतिघण्टाको गति दिन्छ । शक्तिशाली मोटरसहित यसमा १७६ एनएम टर्क रहेको छ । भेलाक्स एच भने दैनिक यात्रुका लागि सुलभ र भरपर्दाे मोडलका रूपमा डिजाइन गरिएको छ । ७२ भोल्ट ३० एएच ब्याट्रीसहित यसले सय किलोमिटरसम्मको रेन्ज र ३ हजार २ सय वाट मोटरसहित ६२ किमी प्रतिघण्टाको गति दिन्छ ।
यी सबै मोडलहरूमा स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, क्रुज कन्ट्रोल, रिभर्स मोड, डिजिटल ड्यासबोर्ड, एलईडी लाइट र युएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरू उपलब्ध छन् । यसको मूल्य २ लाख ८५ हजार रहेको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया