फोर्थिङको ‘फ्राइडे ईभी’ नेपालमा सार्वजनिक

काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले चीनको ईभी ब्रान्ड फोर्थिङ नेपालमा सार्वजनिक गरेको छ । बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले पहिलो मोडल फ्राइडे सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको यो गाडी नेपालमा लक्जरी र एक्सक्लुसिभ दुई भेरियन्टमा सार्वजनिक भएको छ । जसमा लक्जरीको ५०.९६ लाख र एक्सक्लुसिभको ५६.९६ लाख रुपैयाँ मूल्य छ । तर नाइमा मोबिलिटी एक्स्पोमा खरिद गर्दा ग्राहकलाई सस्तो पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले एक्स्पोमा विशेष अफर समेत सार्वजनिक गरेको छ । यो गाडी खरिदकर्ताले २ लाख छुट र १ वर्षको अटोप्लस बीमा प्रदान गर्नेछ । कम्पनीका अनुसार ग्राहकले लक्जरी भेरियन्ट ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट ५४.९६ लाखमा पाउन सक्नेछन् ।
यो गाडीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ केडब्लु मोटर छ । यसले ४०० किमिभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ । स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई निर्माण गरिएको गाडीमा प्रिमियम मसाज स्पोट्र्स सिट छ । यसले ड्राइभिङ अनुभवलाई आरामदायी बनाउने कम्पनीले जनाएकाे छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया