नाइमा एक्स्पो : जिकर एक्स किन्दा १५ लाख छुट
मेरोन्यूज
२०८२ साउन २१ गते २०:१४

काठमाडौँ । पायोनियर मोटोकर्पले प्रिमियम विद्युतीय गाडी जिकर एक्समा भारी छुट दिएकाे छ ।
बुधबारदेखि सुरु भएकाे नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जिकर एक्स किन्दा १५लाख छुट पाइने भएकाे छ । कम्पनीले ८४ ला ९९ रूपैयाँ पर्ने जिकर एक्स अब ६९ लाख ९९ हजार रूपैयाँमा नै दिने भएकाे छ ।
यसैगरी एक्सपो अवधिमा याे गाडी बुक गर्ने ग्राहकहरूले आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टी पाउने भएका छन् ।
जिकर एक्समा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग छन् ।
याे गाडीमा २०० किलोवाट मोटर प्रयोग गरिएको छ, जसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ ।
जिकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया